दफा २२
अरुको घर जग्गामा प्रवेश गर्ने
: प्राधिकरणले अधिकृत गरेको व्यक्तिले प्राधिकरणको कामको सिलसिलामा अरुको घर जग्गामा प्रवेश गर्नु आवश्यक परेमा तत्काल त्यस्तो घर वा जग्गा प्रयोग गरिरहेका व्यक्तिलाई पूर्व सूचना दिएर प्रवेश गर्न सक्नेछ ।
तर विद्युतको दुरुपयोग वा चोरी भइरहेको शंका गर्नुपर्ने मनासिब कारण भएमा वा कुनै दुर्घटनालाई बचाउ वा जरुरी मर्मत कार्य गर्नु परेमा पूर्व सूचना दिनु पर्नेछैन ।